२०८१ बैशाख ८
April 20, 2024, Saturday

प्रदेश र संघको निर्वाचन प्रक्रिया सुरु, भोलिभित्र समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने

प्रदेश र संघको निर्वाचन प्रक्रिया सुरु, भोलिभित्र समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने

काठमाडौ, ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेशसभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् ।

मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० समानुपातिक कोटाबाट आउँछन् ।

बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ ।

जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम २३ असोजदेखि सुरु हुनेछ ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ आश्विन २, आईतवार ०८:३१ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०७९ आश्विन २, आईतवार ०८:३१ गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ आश्विन २, आईतवार ०८:३१ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

TOP