पशुपतिनगर, विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।
सूर्योदय नगरपालिकाले पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका इन्जिनियर सृजन गदालले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० र तृतीय हुनेले ५ हजार रुपियाँ प्राप्त गर्नेछन् । सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए ।
सहभागीले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसँगै कम्तीमा ५० शब्दको विवरण समेत लेख्नु पर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राति १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ ।
नगरले फर्म भरेर फोटो पठाउन आह्वान समेत गरेको छ । फोटो सूर्योदय नगर क्षेत्रमा रहेका विभिन्न स्थानको २०७९ साल भित्र खिचेको हुनु पर्ने नगरका सूचना प्रविधि अधिकृत उज्ज्वल सुवेदीले जानकारी दिए ।
प्रयोग भैसकेको फोटो प्रतियोगितामा सहभागी गराइने छैन । नगरमा कन्याम, अन्तु, बुद्धपार्क , स्वामीपार्की , चित्रे गुम्बा लगायतका दर्जनौँ पर्यटकीय स्थल रहेका छन् ।
यस अघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, पर्यटकीय स्थलको थप प्रवर्धन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो ।’
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...