२०७९ चैत्र १०
March 24, 2023, Friday

पाकिस्तानविरुद्धको पहिलो टी-२० मा इंग्ल्याण्ड विजयी

पाकिस्तानविरुद्धको पहिलो टी-२० मा इंग्ल्याण्ड विजयी

एजेन्सी, घरेलु टोली पाकिस्तानविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको छ । ऊ गएराति सम्पन्न खेलमा ६ विकेटले विजयी भएको हो ।

पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्याण्डले चार बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टायो । उसका लागि एलेक्स हेल्सले ४० बलमा सात चौकासहित ५३ रनको अर्धशतकीय पारी खेले ।

ह्यारी ब्रुकले अविजित ४२, बेन डकेटले २१, डेविड मलानले २० र फिल साल्टले ११ रन बनाए । पाकिस्तानका लागि उस्मान कादिरले दुई तथा शहनवाज दहानी र हरिस रौफले एकरएक विकेट लिए ।

त्यसअघि कराँचीस्थित नेसनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५८ रन बनायो ।

उसका लागि मोहम्मद रिजवानले ४६ बलमा ६ चौका र दुई छक्कासहित ६८ रनको अर्धशतकीय पारी खेले । कप्तान बाबर आजमले ३१, इफ्तिखर अहमदले २८ र हैदर अलीले ११ रन जोडे ।

इंग्ल्याण्डका लागि ल्युक उडले तीन, आदिल राशिदले दुई तथा कप्तान मोइन अली र साम करनले एक/एक विकेट हात पारे ।

यो जितसँगै इंग्ल्याण्डले सात खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पाकिस्तान–इंग्ल्याण्डको दोस्रो खेल भोलि (बिहीबार) हुनेछ ।

Related News

थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात, लाओस २- ० ले पराजित
थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात, लाओस २- ० ले पराजित
  • २०७९ आश्विन ५, बुधबार ०८:५६ गते

काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा...

साफ यू–१७ महिला च्याम्पियनसीपमा नेपालले भुटानलाई ५–०ले हरायो
साफ यू–१७ महिला च्याम्पियनसीपमा नेपालले भुटानलाई ५–०ले हरायो
  • २०७९ आश्विन ५, बुधबार ०८:५६ गते

काठमाडौ, बंगलादेशमा भइरहेको साफ यू–१७ वमेन्स च्याम्पियनसिपमा नेपालले बुधबार भुटानलाई सजिलै ५–० ले हराएको छ । बंगलादेशमा भइरहेको प्रतियोगिताको आफ्नो...

ओडीआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो
ओडीआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो
  • २०७९ आश्विन ५, बुधबार ०८:५६ गते

काठमाडौं, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको...

TOP