२०७९ चैत्र १९
April 2, 2023, Sunday

भएन नागरिकता विधेयक प्रमाणीकरण

भएन नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय बनेको छ ।

दोस्रोपटक संसदबाट पारित भएर २० भदौमा शितलनिवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातबाट सकिएको हो ।

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनः विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था कार्यान्वयन नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन् । यसअघि १५ साउनमा पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै २९ साउनमा संसदमै फिर्ता पठाएकी थिइन् ।

उनले १५ बुँदे सन्देश समेत पठाएकी थिइन् । तर, संसदले विधेयक जस्ताको त्यस्तै फेरि पारित गरेर प्रमाणीकरणका लागि पठाएको थियो । प्रतिनिधिसभाको कार्यकाल पनि १ असोजबाट सकिसकेको छ ।

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७९ आश्विन ५, बुधबार ०८:०७ गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ आश्विन ५, बुधबार ०८:०७ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७९ आश्विन ५, बुधबार ०८:०७ गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

TOP