२०७९ चैत्र १३
March 27, 2023, Monday

सेयर बजारमा सामान्य सुधार, ११.१९ अंकले उकालो, कारोबार भने सुस्त

सेयर बजारमा सामान्य सुधार, ११.१९ अंकले उकालो, कारोबार भने सुस्त

काठमाण्डौ । लगातार गिरावट आइरहेको सेयर बजार बुधबार उकालो लागेको छ। बजार आज ११.१९ अंकले उकालो लागेको हो।

योसँगै नेप्से परिसूचक १८४८.८० को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.०१ अंकले उकालो लागेर ३६०.८८ को विन्दूमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने १ अर्ब रुपैयाँको हाराहारीमा मात्र भएको छ।

बजार जानकार प्रकाश रजौरे अहिले बजारमा ब्याजको समस्या रहेको बताउँछन्। ‘बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था छ’, उनले भने, ‘मार्जिन कल पनि आइरहेको छ। त्यसैले केही दिनदेखि बजारमा करेक्सन आइरहेको हो।’

बजार लगातार घटेकोले आज सामान्य अंकले बढेको रजौरेको भनाइ छ। ‘अल्पकालमा बजारमा दबाब देखिए पनि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया सुरु भइसकेकोले दीर्घकालमा राम्रै हुने देखिन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता दमोदर गजुरेल बजारले एउटा बटम टेस्ट गरेको बताउँछन्। ‘तर, प्राविधिक रुपमा कन्फर्मेसन मिलेको छैन’, उनले भने, ‘केही दिनको कारोबार हेरेपछि मात्रै बजारको दिशा तय गर्न सकिन्छ।’

बजार बढ्नका लागि भोलुमले पनि साथ दिन आवश्यक रहेको गजुरेल बताउँछन्। ‘आगामी कारोबारमा यदि प्रफिट बुक हुन थाल्यो भने बजार माथि नजान पनि सक्छ’, उनले भने, ‘तर आक्रामक खरिद भयो भने बजारले उकालो यात्रा तय गर्न सक्छ।’

अहिले भने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामै रहेको गजुरेलको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक १.७९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूहमा १.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, जलविद्युत समूहमा ०.५९ प्रतिशत, लगानी समूहमा ०.५९ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१५ प्रतिशत, लघुवित्त समूहमा ०.७० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत, अन्य समूहमा ०.१९ प्रतिशत र व्यापार समूहमा ०.७७ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूह मात्रै ०.४४ प्रतिशतले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २५ लाख ३१ हजार ३७० कित्ता सेयर ७२ करोड १२ लाख ५९ हजार ८८५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको २ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख रुपैयाँ, अपी पावरको १ करोड ८६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १ करोड ५१ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ४३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सामलिंग पावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७९ आश्विन ५, बुधबार १५:४४ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ५, बुधबार १५:४४ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
  • २०७९ आश्विन ५, बुधबार १५:४४ गते

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा...

TOP