२०८१ बैशाख १४
April 26, 2024, Friday

राष्ट्रपतिको कदम राष्ट्रहितको पक्षमा : अध्यक्ष थापा

राष्ट्रपतिको कदम राष्ट्रहितको पक्षमा : अध्यक्ष थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्। उनले राष्ट्रपतिको यो निर्णय राजनीतिक रुपमा विवादमा परे पनि इतिहासले प्रशंसा गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधानरराष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको छ। राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ।’

पूर्वराजा वीरेन्द्रलेसमेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै स्मरण गराएका छन्।

·

प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।

राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधान/राष्ट्रहितलाई तिलांजलि दिने प्रयास असफल भएको छ।राजनीतिकरुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले प्रशंसा गर्नेछ।राजा बिरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै छ

Related News

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७९ आश्विन ५, बुधबार ०८:५२ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७९ आश्विन ५, बुधबार ०८:५२ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी
वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी
  • २०७९ आश्विन ५, बुधबार ०८:५२ गते

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमाजाने नेपालीश्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचितव्यवस्थापन गर्नका लागि नेपालनागरिक उड्डयनप्राधिकरण, वैदेशिक रोजगार व्यवासयीमहासंघ...

TOP