२०८१ बैशाख ६
April 18, 2024, Thursday

कौरको शतकमा इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जीत

कौरको शतकमा इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जीत

एजेन्सी, इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतीय महिला क्रिकेट टोलीले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डलाई ८८ रनले हराउँदै भारतले एक खेल अगावै सिरिज जितेको हो ।

दोस्रो खेलमा भारतले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्डले ४४.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन मात्र बनाउन सक्यो ।

उसका लागि ड्यानी व्याटले सर्वाधिक ६६, एलिस क्याप्सी, कप्तान एमी जोन्सले ३९/३९, चार्ली डीनले ३७ रन बनाइन् ।

बाँकी ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकिनन् । भारतका लागि रेणुका सिंहले चार, दयालन हेम्लताले दुई, शेफाली बर्मा र दिप्ती शर्माले एकरएक विकेट लिए ।

त्यसअघि क्यान्टरबरीस्थित सेन्ट लरेन्स ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनायो ।

उसका लागि कप्तान हरमनप्रीत कौरले शतकीय पारी खेलिन् । १११ बलको सामना गरेका उनले चार छक्का र १८ चौकाको मद्दतमा अविजित १४३ रन बनाइन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा कौरको यो पाँचौं शतकीय पारी हो । हरलिन देवलले ५८, स्मृति मान्धनाले ४०, यास्तिका भाटियाले २६, पूजा वस्त्रकारले १८ र दिप्ती शर्माले अविजित १५ रन बनाइन् ।

इंग्ल्याण्डका लागि केट क्रससहित पाँच बलरले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारत–इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ ।

Related News

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ आश्विन ६, बिहीबार ०७:४० गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ आश्विन ६, बिहीबार ०७:४० गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ आश्विन ६, बिहीबार ०७:४० गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

TOP