काठमाडौं, नेपाली कांँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ।
समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक राखेर घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो। कांँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो।
सो समितिमा पार्टीका सहमहामन्त्रीका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिलाई समेटिएको छ।
घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए ।
उनले घोषणापत्र तयारीका काम सुरु भएको जानकारी दिए । उनले भने , ‘हामीले समग्रमा कांँग्रेसले अहिलेसम्म के ग¥यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाँड्नुभन्दा पनि कांँग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्न सकिने कुरालाई राखेर घोषणापत्र तयार गर्छौं।
त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउनेछ। जुन कांँग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिबद्धता त्यसमा जाहेर गर्नेछ। त्यसको लागि तयारी सुरु भएको छ।’
उनले कांँग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि स्पष्ट पारे ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...