२०७९ चैत्र १०
March 24, 2023, Friday

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थीको प्रदर्शन

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थीको प्रदर्शन

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै विद्यार्थी नेता आन्दोलित बनेका छन्।

नेविसंघका नेता विष्णु बडैलाले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आफूहरू सडकमा आउनु परेको बताए। राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक पारित गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चालेको उनको आरोप छ।

बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७९ आश्विन ६, बिहीबार १५:१५ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ६, बिहीबार १५:१५ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७९ आश्विन ६, बिहीबार १५:१५ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP