काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ६ गते) ४० अर्ब रुपैयाँको नेपाल सरकारको ट्रेजरी बिल सोझै खरिद गर्नको लागि बोलकबोल गर्ने भएको छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभावलाई सहज बनाउन नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर उक्त रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो।
बोलकबोल भोलि बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिलको खरिद मिति भने असोज ७ गते तय गरिएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिलको भुक्तानी मिति २०७९ पुस मसान्तसम्म तोकिएको छ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिलको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। (उदाहरणका लागि रु. १०० को ट्रेजरी बिल कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ)।
यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा...