२०७९ चैत्र १९
April 2, 2023, Sunday

विश्वभरका नेतालाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे रुसलाई कडा दण्ड दिन आग्रह

विश्वभरका नेतालाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे रुसलाई कडा दण्ड दिन आग्रह

एजेन्सी, युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसलाई कडा दण्ड दिन विश्वभरका नेतालाई आग्रह गरेका छन् ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भर्चुअल सम्बोधन गर्दै जेलेन्स्कीले रुसले युक्रेनमा आक्रमण गरेकोमा न्यायिक सजाय भोग्नुपर्ने भन्दै युद्ध अपराधलाई विश्वले टुलुटुलु हेरेर बस्न नमिल्ने पनि बताएको बीबीसीले जनाएको छ ।

रुसलाई दण्डित गर्नको लागि उसलाई विश्वभरबाट प्रतिबन्ध जरुरी रहेको र युक्रेनलाई थप सैन्य सहयोग चाहिएको उनको भनाई छ ।

उनले सम्बोधन गर्दा उपस्थित धेरै नेताहरुले उभिएर ताली बजाएका थिए । जेलेन्स्कीले थप तीन लाख रिजर्भ सैनिक परिचालन गर्ने रुसको कदमले उ वार्ताप्रति गम्भीर नभएको देखाएको बताए। उनले युक्रेनको भूमिलाई रुसमा गाभ्नको लागि तथाकथित जनमत संग्रह घोषणा गरिएको योजनाको निन्दा पनि गरे ।

उनले एक विशेष न्यायाधीकरण गठन गरेर रुसलाई दण्डित गर्न सकिने पनि बताएका छन् । “एक विशेष न्यायाधिकरणको गठनले मस्कोलाई भूमि चोरी र हजारौं मानिसहरूको हत्या गरेकोमा दोषी ठहराउन मद्दत गर्नेछ”, जेलेन्स्कीले भने।

बीबीसी

Related News

इजरायलमा नेतान्याहूविरुद्ध १ लाख ५० हजार नागरिक सडकमा
इजरायलमा नेतान्याहूविरुद्ध १ लाख ५० हजार नागरिक सडकमा
  • २०७९ आश्विन ६, बिहीबार ०७:४४ गते

एजेन्सी, इजरायली सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा लाखौँ नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्यायपालिकासम्बन्धी कानून परिमार्जन गर्न...

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
  • २०७९ आश्विन ६, बिहीबार ०७:४४ गते

एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ । विद्यालय समयमै टेनेसी राज्यको...

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७९ आश्विन ६, बिहीबार ०७:४४ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

TOP