२०७९ चैत्र १०
March 24, 2023, Friday

वीर अस्पताल अगाडिका टहराका औषधि पसल हटाउँदै महानगरपालिका

वीर अस्पताल अगाडिका टहराका औषधि पसल हटाउँदै महानगरपालिका

काठमाडौं , काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाउने भएको छ ।

महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर, फार्मेसी सञ्चालकले तत्काल हटाउन नसकिने जवाफ दिएका थिए ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैंले हटाउने जानकारी गराइएको छ ।

ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्साविपरीत रहेका औषधि पसल हटाइने पाण्डेले जानकारी दिए ।

केही साता अघिदेखि काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो । योबीचमा महानगरपालिकाले विभिन्न ठाउँका अवैध संरचना हटाएको छ ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७९ आश्विन ६, बिहीबार १०:५८ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ६, बिहीबार १०:५८ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७९ आश्विन ६, बिहीबार १०:५८ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP