२०७९ चैत्र १०
March 24, 2023, Friday

संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपतिको अपमान गरे – अध्यक्ष ओली

संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपतिको अपमान गरे – अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाव नमानेकोमा सत्ता गठबन्धनको आलोचना गरेका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्रपतिले विधेयकमा पुनर्विचार गर्ने कि भन्दा गठबन्धनले मसलको भाषा बोलेको आरोप लगाए।

संसद्मा बसेर नभई बाहिरबाहिर निर्णय गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे। ‘‘बाहिरबाहिर अनाडी मान्छेहरू भेला गरेर, अनाडी मान्छेहरू बसेर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छेहरू बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो।

संसद्को दुवै सदनबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी बेवास्ता गरिदिएपछि सत्ता गठबन्धनले राष्ट्रपतिको आलोचना गरेको छ। एमाले भने पहिल्यैदेखि विधेयकको विपक्षमा थियो।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७९ आश्विन ६, बिहीबार १५:०७ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ६, बिहीबार १५:०७ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७९ आश्विन ६, बिहीबार १५:०७ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP