२०८१ बैशाख ७
April 19, 2024, Friday

अनसनरत डा. गोविन्द केसी भर्ना भए त्रिवि शिक्षण अस्पतालमा

अनसनरत डा. गोविन्द केसी भर्ना भए त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं । अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

विभिन्न ७ बुँदे माग राख्दै धनगढीमा विगत १० दिनदेखी अनसन बसेका डा केसीले अस्पतालबाटै भएपनि अनशन जारी राख्ने उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

मंगलबार नै नेपाली सेनाको हेलिकप्टरमा सरकारले काठमाडौं ल्याउन खोज्दा अस्वीकार गरेका उनी बुधबार आफ्नै खर्चमा धनगढीबाट काठमाडौं आएका हुन् ।

अनशन सुरु गरेको दोस्रो दिनदेखि डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

सेती अञ्चल अस्पतालले उनको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको बताएको छ । सरकारी वार्ता टोली र डा। केसी पक्षबीच आइतबार र मंगलबार काठमाडौंमा वार्ता भएपनि कुनै सहमति जुटेको छैन ।

Related News

स्वास्थ्य: गर्भावस्थामा हुने यी गल्तीले आमा र बच्चाको स्वास्थ्यमा असर गर्छ, जान्नुहोस् कसरी गर्ने ?
स्वास्थ्य: गर्भावस्थामा हुने यी गल्तीले आमा र बच्चाको स्वास्थ्यमा असर गर्छ, जान्नुहोस् कसरी गर्ने ?
  • २०७९ आश्विन ६, बिहीबार ०७:४७ गते

बच्चाको स्वास्थ्य गर्भावस्थाको समयमा र त्यसपछि लामो समयसम्म आमाको स्वास्थ्यमा निर्भर गर्दछ। जान्नुहोस् यस्ता केही गल्तीहरू जसले आमा र बच्चा...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७९ आश्विन ६, बिहीबार ०७:४७ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७९ आश्विन ६, बिहीबार ०७:४७ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

TOP