२०८१ बैशाख ८
April 20, 2024, Saturday

कपन आगलागीमा मृत्यु भएका तीनै जनाको खुलेन पहिचान

कपन आगलागीमा मृत्यु भएका तीनै जनाको खुलेन पहिचान

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।

राममन्दिर छेउको घरमा अक्सिजन प्लान्ट पड्केर आगलागी हुँदा ठूलो क्षति भएको हो। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएको जनाइएको छ।

स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो। आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए। उनका अनुसार मृतक पहिचान समाचार तयार पार्दासम्म हुन सकेको छैन।

आगो निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ आश्विन ६, बिहीबार ०७:३७ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ आश्विन ६, बिहीबार ०७:३७ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन ६, बिहीबार ०७:३७ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP