२०७९ चैत्र १९
April 2, 2023, Sunday

आयोगले दियो निर्वाचन अधिकृतहरूलाई निर्वाचन क्षेत्र नछोड्न निर्देशन

आयोगले दियो निर्वाचन अधिकृतहरूलाई निर्वाचन क्षेत्र नछोड्न निर्देशन

काठमाडौ, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

त्यस्तै निर्वाचन अधिकृतहरूलाई पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न पनि विज्ञप्ति मार्फत भनिएको छ ।

‘निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय समेत भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नै आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो । आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न सबै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७९ आश्विन ७, शुक्रबार १८:२८ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७९ आश्विन ७, शुक्रबार १८:२८ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७९ आश्विन ७, शुक्रबार १८:२८ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP