काठमाडौ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनललाई राखिएको छ ।
सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले एमालेसँग सहकार्य गर्न लागेको छ ।
यसअघि एमाले र जसापका नेताबीच विभिन्न चरणमा छलफल भएपनि औपचारिक रुपमा तालमेलको प्रयास भएको थिएन ।
वार्ता समिति बनाएसँगै एमाले र लोसापाबीच आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल हुने सम्भावना बढेको छ ।
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...