काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विनिमय दरअनुसार १ डलरको बिक्री दर १२९.६८ रुपैयाँ पुगेको छ। यसअघि हिजो अमेरिकी डलरको बिक्रीदर १२९.०८ रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ।
गत बुधबार अमेरिकाको फेडरल रिजर्भले ब्याजदर थप ७५ बेसिस प्वइन्टले बढाएको छ। मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो। योसँगै डलर पनि बलियो बनेको हो।
डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ।
यस्तै देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ।
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...
काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...