जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एकजना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।
जाजरकोटको नलगाड नगरपालिका–६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेन्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए ।
नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।
पक्राउ परेका नेता सिंहलाई बिना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...