हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ को जुरीखेतमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका ७ यात्रुमध्ये पाँचजनाको परिचय खुलेको छ ।
वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार परिचय खुलेकाहरूमा नुवाकोट घर भएर रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई, बारा जितपुर उपमहानगरपालिका-२४ का २४ वर्षीय शेख अरमान, मकवानपुरगढी गाउँपालिका-२ का ४३ वर्षीय मदन विक, पर्सा वीरगञ्ज महानगरपालिका-३१ बस्ने ४५ वर्षीय हृदयनारायण पंजियार छन् ।
घाइते २५ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । बिहीबार दिउँसो टौंडा-भीमफेदी(सिस्नेरी-काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्गमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमा ६ र उपचारको क्रममा एक यात्रुको मृत्यु भएको थियो ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...