काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ । पछिल्ला बैठकहरूमा प्रदेशगत रूपमा छलफल भइरहेको छ ।
शुक्रबार साँझ बालुवाटार बैठकबाट कुनै ठोस निष्कर्ष ननिस्किएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
आजको बैठकमा मधेस प्रदेशबारे छलफल भएको उनले बताए । मधेसबाहेक अरू प्रदेशमा समस्या नहुने अपेक्षा गरिएको उनको भनाइ छ ।
आज खासगरी मधेस प्रदेश केन्द्रित धेरै कुराहरू भए । अब करिब करिब सहमति नजिक नजिक पुग्न खोज्या छ । हामीलाई अलि बढी अप्ठेरो मधेस प्रदेशमै हो । अरू प्रदेशतिर खासै अप्ठेरो नहोला गठबन्धनमा, उनले भने ।
पौडेलका अनुसार अहिलेसम्म कुनै प्रदेशको बाँडफाँट टुंगो लागेको छैन । अहिलेसम्म कुनै प्रदेशको टुंगो लागिसेको छैन । मिल्दैछ । मिल्न मिल्न लागेको छ, उनले भने ।
सिट बाँडफाँटका लागि गठबन्धनका नेताहरू निरन्तर छलफलमा सक्रिय छन् ।
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...