२०७९ चैत्र १०
March 24, 2023, Friday

युक्रेनमा लड्न पठाउने डरले रुसी नागरिक धमाधम देश छाड्दै, सीमामा भिड

युक्रेनमा लड्न पठाउने डरले रुसी नागरिक धमाधम देश छाड्दै, सीमामा भिड

एजेन्सी, सरकारले युक्रेनमा लड्न पठाउने डरले रुसी नागरिकले देश छाड्न थालेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक सैन्य परिचालनको घोषणा गर्दै थप तीन लाख जना मानिसहरूलाई युद्धको लागि भर्ती गर्ने योजना सार्वजनिक गरेसँगै रुस छाड्ने नागरिकको संख्या बढेको बीबीसीले दाबी गरेको छ ।

तर, क्रेमलिनले भने लडाकु उमेरका पुरुषहरू भागेका रिपोर्टहरू अतिरंजित भएको बताएको छ।

जर्जियासँगको सीमामा युद्धमा जानुपर्ने डरले भाग्न खोज्ने पुरुषहरू सहित सवारी साधनहरूको कयौँ माइल लामो लाइन लागेको छ । नाम नखुलाउन नचाहेको एक व्यक्तिले बीबीसीका रेहान डेमिट्रीलाई राष्ट्रपति पुटिनको घोषणाको लगत्तै आफूले आफ्नो राहदानी लिएर सीमातर्फ गएको बताएका खबरमा उल्लेख छ । किनभने उनी युद्धको लागी सम्भावित रूपमा युक्रेनमा पठाउन सकिने समूहमा परेका थिए।

केही प्रत्यक्षदर्शीहरूले चेकपोस्टमा कारहरूको लाइन करिब ५ किलोमिटर लामो भएको बताएका छन् । जर्जियामा रुसका नागरिक भिसाविनै प्रवेश गर्न सक्छन् ।

तर, १३ सय किलोमिटर लामो सीमा जोडिए पनि फिनल्याण्डमा प्रवेशको लागि भने रुसी नागरिकलाई भिसा चाहिन्छ ।

सडकमार्ग मात्र नभई हवाइ मार्गबाट बाहिरिने रुसी नागरिकको संख्या पनि उल्लेख्य बढेको छ । इस्तानबुल, बेलग्रेड, दुबई लगायतका गन्तव्यमा जानको लागि पनि यात्रु बढेकाले हवाइ टिकटको मूल्य बढेको छ ।

केहि गन्तव्यको टिकट अभाव भएको छ । जर्मनीका आन्तरिक मन्त्रीले भागेका रुसीहरूलाई उनको देशमा स्वागत गर्ने संकेत गरेका छन् ।

तर, रुसले भने पश्चिमा देश र मिडियाले अफवाह फैलाएर रुसको आन्तरिक एकतालाई भत्काउन खोजेको आरोप लगाएको छ ।
बीबीसी

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७९ आश्विन ७, शुक्रबार ०८:५० गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • २०७९ आश्विन ७, शुक्रबार ०८:५० गते

एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७९ आश्विन ७, शुक्रबार ०८:५० गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

TOP