काठमाडौं। नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा शुक्रबार सुनुवाइ हुन सकेन। समय अभावका कारण आज सुनुवाइ हुन नसकेपछि आइतबारका लागि सारिएको छ ।
अब राष्ट्रपति विरुद्धका रिटमा आइतबार सुनुवाइ हुने अधिवक्ता सुनिलकुमार यादवले जानकारी दिए। नागरिकता विधेयक प्रमाणीकरणका लागि आदेश दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ६ वटा रिट परेका छन्। सबै रिटमाथि आइतबार सुनुवाइ हुने भएको छ।
राष्ट्रपति विरुद्ध अधिवक्ताहरू सुनिल रञ्जन सिंह, सुनिलकुमार यादव, देव शर्मा र शोनु रौनियार लगायतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
प्रतिनिधि र राष्ट्रिय सभाले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएको थियो। राष्ट्रपति भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...