रुकुमपूर्व, काठमाडौंबाट रुकुमपूर्व आइरहेको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ग १ ख ९१०९ नम्बरको बस रुकुम पूर्वको भूमे गाउँपालिका–२ को खावाङ बगर नजिकै क्याङसी बगरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो ।
दुर्घटनामा १२ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए ।
बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...