२०७९ चैत्र १०
March 24, 2023, Friday

सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ जना असई

सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ जना असई

काठमाडौँ, सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुल्ला गरेको छ ।

प्रहरीको मानव श्रोत विभाग , मानव श्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्ना सम्बन्धी आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानुन उपसमूह तर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ ।

माग गरिएका मध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानून उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना रहेका छन् ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७९ आश्विन ७, शुक्रबार ०८:३६ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ७, शुक्रबार ०८:३६ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७९ आश्विन ७, शुक्रबार ०८:३६ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP