काठमाडौं , काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई साइनबोर्ड अर्थात् परिचय पाटी शूल्क बुझाउन उर्दी जारी गरेको छ।
महानगरले आज एक सूचना जारी गर्दै केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै ३० दिनभित्र बुझाउन अल्टिमेटम दिएको हो।
तोकिएको अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा महानगरपालिकाले तत्काल हटाउने सूचनामा भनिएको छ।
महानगरले ३० वर्ग फुटभन्दा माथिको परिचय पाटी राख्न निषेध गरेको छ। ६ वर्ग फुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए वार्षिक ५ सय शुल्क बुझाउनु पर्ने छ।
यस्तै १५ वर्ग फुटसम्म १५ सय र ३० वर्ग फुटसम्म प्रति वर्ग फुट १ हजार रुपैयाँका दरले शुल्क लाग्ने छ।
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...