२०८१ बैशाख ८
April 20, 2024, Saturday

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदैं गयो : शिक्षण अस्पताल

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदैं गयो : शिक्षण अस्पताल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका हुन् ।

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगत देखा नपरेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गरेका डा केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ आश्विन ७, शुक्रबार २०:३२ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ आश्विन ७, शुक्रबार २०:३२ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन ७, शुक्रबार २०:३२ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP