२०८१ बैशाख ८
April 20, 2024, Saturday

करोड लागतमा निर्माण गरिएको एकीकृत बस्तीमा बाख्रा

करोड लागतमा निर्माण गरिएको एकीकृत बस्तीमा बाख्रा

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कमा भूमिहीनका लागि निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्तीमा बाख्रा राखिएको पाइएको छ ।

भूकम्प पीडितका लागि निर्माण गरिएको घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको पाइएको हो ।

२०७५ मा निर्माण सुरु गरिएको बस्तीमा एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ । २०७७ सम्म आइपुग्दा १९ वटा घर निर्माण गरेर जस्तापाता हालिएको थियो ।

१९ वटा मध्ये २ वटा घरमा झ्याल र ढोका हालेर भूकम्पपीडित बसेको पाइएको छ । अन्य घरमा रङरोगन, भुईँ ढलानदेखि झ्याल र ढोका लगाउने कुनै काम भएको छैन ।

बस्तीमा एउटा मात्र सामान्य बाँसको भाटाले बारेको शौचालय निर्माण गरिएको छ । खानेपानीको सुविधा अहिलेसम्म छैन । विधुत विस्तार पनि अहिलेसम्म भएको छैन ।

२०७२ को भूकम्पबाट पीडितका लागि निर्माण गरिएको एकीकृत बस्ती योजना सम्पन्न नहुँदै अलपत्र परेको छ । स्थानीय शारदाप्रसाद ढकाल र कृष्णकुमारी ढकालले सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएर निर्माण सुरु गरिएको बस्तीको वरिपरि झारपात पलाएर झाडीमा परिणत भएको छ ।

एकीकृत बस्तीका लागि हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १९ घर लाभग्राहीले पाउने ३ लाखमध्ये २ लाख ५० हजारका दरले ४७ लाख ५० हजार, तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), ओखलढुङ्गाको ५२ लाख रकम भुक्तानी भएको निर्माण समितिका संयोजक प्रमेस ढकालले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भत्किएको ठाउँमा वाल निर्माण गर्न एक लाख, गेट निर्माण गर्न ९४ हजार र दुई वटा सोलार बत्ती दिएको छ । घर निर्माणअघि जग्गा सम्म्याउने काम पनि नगरपालिकाले गरेको ढकालको भनाइ छ ।

आयोजना कार्यान्वयन इकाईको रकम मशिनरी वाल र नाली निर्माणका लागि प्रयोग भएको हो । लाभग्राहीको २ लाख ५० हजारका दरले घर निर्माण भएको छ ।

पहिलो किस्तामार्फत लाभग्राहीले बुझेको ५० हजारले झ्याल ढोका, शौचालय निर्माण गर्ने सहमति भएको ढकालको भनाइ छ । सम्झौताअनुसार लाभग्राहीले झ्यालढोका हालेर बस्तीमा नबसेको ढकालको आरोप छ ।

एकीकृत बस्तीमा भ्यूटावर, मन्दिर, स्टेज, चिल्ड्रेनपार्क लगायका संरचना निर्माण गर्नेगरी सुरु गरिए पनि रकम अभाव भएको भन्दै अहिलेसम्म कुनै काम सुरु नभएको स्थानीयको भनाइ छ ।

डा. नरेश रिमालको आर्थिक सहयोगमा एकीकृत बस्तीसँगै जोडेर फूलबारी नेशनल स्कुल सञ्चालनमा ल्याइएको छ ।

भूकम्पले घर भत्काएर बस्ने ठाउँ नै नभएकाका लागि एकीकृत बस्ती निर्माण गरिएको भनिए पनि प्रदेश राजधानी विराटनगर र सङ्घीय राजधानी काठमाडौंमा घर भएकाको घर पनि सो बस्तीमा निर्माण गरिएको पाइएको छ ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ आश्विन ७, शुक्रबार १८:३३ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ आश्विन ७, शुक्रबार १८:३३ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन ७, शुक्रबार १८:३३ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP