२०७९ चैत्र १९
April 2, 2023, Sunday

अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा चल्न थाले सवारीका साधन

अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा चल्न थाले सवारीका साधन

चितवनन, पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालन भएको छ । गए राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान साढे ६ बजेबाट सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडक खण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७९ आश्विन ८, शनिबार ०७:५३ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७९ आश्विन ८, शनिबार ०७:५३ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७९ आश्विन ८, शनिबार ०७:५३ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP