काठमाडौं । काठमाडौंको न्यूरोडमा हुने सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ ।
न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आजदेखि फूलपातीसम्म यो व्यवस्था लागु गरिएको हो ।
बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेन्ड राखिएको स्थानबाट डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...