एजेन्सी, इरानमा हिजाबविरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकार विरोधी हिंसामा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको हो ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।महिलाहरूले लगातार ८औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ ।
यो सङ्ख्या सरकारले सार्वजनिक गरेकोभन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो ।
सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ ।
एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ । विद्यालय समयमै टेनेसी राज्यको...
एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...
एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...