२०७९ चैत्र १९
April 2, 2023, Sunday

कब्जामा लिएका युक्रनी क्षेत्र रुसमा गाभ्न जनमत सङ्ग्रह सुरु, हरेक घरमा सेना खटिए

कब्जामा लिएका युक्रनी क्षेत्र रुसमा गाभ्न जनमत सङ्ग्रह सुरु, हरेक घरमा सेना खटिए

एजेन्सी, रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रलाई आफ्नो देशमा गाभ्न जनमत सङ्ग्रह सुरु गरेको छ । यो जनमत संग्रहले युक्रेनका भाग रुसको बन्ने वा नबन्ने विषयको टुंगो लाग्ने रुसी दाबी रहेको बीबीसीले जनाएको छ ।

पूर्वी युक्रेनका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा पाँच दिनसम्म मतदान चल्नेछ । रुसले कब्जा गरिएका क्षेत्रका नागरिकको मत नै निर्णायक हुने जिकिर गर्दै आएको छ ।

अहिले रुसले जनमत सङ्ग्रह गराउन लागेका चार वटा क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म ओगट्छन् ।

रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गर्दै जनमत सङ्ग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् ।

नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ । युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक चुनाव हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जनमतसंग्रहलाई धोकाको रूपमा वर्णन गरेका छन् । अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी बल प्रयोग गरेर युक्रेनको भागहरू गाभ्ने प्रयास गर्नु अपराध भएको बाइडेनको भनाई छ । रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो ।

जनमत सङ्ग्रह गराउन रुसी सेना घर-घरमा

जनमत सङ्ग्रह गराउनको लागि रुसी सेना घर(घरमै खटिएका छन् । “तपाईले लिखित या मौखिक जवाफ दिनुपर्छ भनेका छन, मौखिक जवाफ दिएमा उनिहरु आफैले पेपरमा टिपेर लैजाने रहेछन् ।” एनरहोडरकी एक महिलाले बीबीसीलाई भनिन्।

दक्षिणी खेरसनमा रूसी सेना शहरको बीचमा मतपेटिका लिएर जनताको मत सङ्कलन गर्न उभिएका देखिन्छन्। तर, रुसी सरकारी मिडियाले भने मतदान सुरक्षाको लागि मात्रै घर-घरमा सेना पुगेको दाबी गरेका छन् ।

“व्यक्तिगत मतदान २७ सेप्टेम्बरमा विशेष रूपमा हुनेछ, अन्य दिनहरूमा समुदायहरूमा र घर-घरमा मतदानको व्यवस्था गरिनेछ।” रुसी समाचार संस्था तासले भनेको छ ।

मेलिटोपोलकी एक महिलाले भनिन, “दुई जना स्थानीय सहयोगीहरू रूसी सैनिकहरूकासाथ जनमत सङग्रहको मतपत्र लिएर मेरा आमाबुवाको फ्ल्याटमा पुगेका थिए ।

मेरो बुवाले रूसमा सामेल हुन नसक्ने विकल्पमा मत राख्नुभयो । मेरी आमा नजिकै उभिनुभयो र रुसमा सामेल नहुने मत राख्दा के हुन्छ सोध्नुभयो। उनीहरूले केही पनि हुँदैन भनेर जवाफ दिए ।

तर, रूसीहरूले सताउने डरले आमा अब चिन्तित छिन् ।”

Related News

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
  • २०७९ आश्विन ८, शनिबार ११:३४ गते

एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ । विद्यालय समयमै टेनेसी राज्यको...

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७९ आश्विन ८, शनिबार ११:३४ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
  • २०७९ आश्विन ८, शनिबार ११:३४ गते

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...

TOP