काठमाडौँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको बहुप्रतीक्षित कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण भएको छ।
साझा प्रकाशन, नेपाली शिक्षा परिषद्द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लेखककी धर्मपत्नी महाकाली घिमिरे र परिषद्का अध्यक्ष रमा शर्माले उक्त पुस्तक लोकार्पण गरे ।
प्रतिष्ठानका कुलपति उप्रेतीले पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै नेपाली पाठक, साहित्य अनुरागीहरूको लामो प्रतीक्षापछि प्रकाशित ‘ऋतंभरा’को प्रतीक्षा सकिएको र यस कृतिमार्फत लेखकको लामो समयको साधनाको निचोडको व्यापक चर्चा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रकवि घिमिरेको कृतिमा विद्यावारिधि गरेका डा। लेखप्रसाद निरौलाले ‘ऋतंभरा’ एक सत्यबोध गर्न सक्ने पौराणिक पात्रका रूपमा छनोट गरी लेखकले ऋग्वेद, सामवेदलगायतका वेदहरूको अध्ययनको निष्कर्षका रूपमा सत्यको खोज गरेको बताए ।
राष्ट्रकवि घिमिरेका सुपुत्र इन्जिनियर राजीव घिमिरेले बुवाले लामो समयदेखि प्रकाशन गर्ने इच्छासहित लेखिरहेका कृति ‘ऋतंभरा’ उनको जीवनकालमा निकाल्न नसके पनि उनको देहान्तपछि प्रकाशित गर्न सफल भएको बताए ।
पाँचथर, काव्य घर नेपालले उमा ओडारीको झुल्के घाम गजल र चारु संयुक्त सङ्ग्रह लोर्कापर्ण गर्दै स्रष्टा सम्मान कार्यक्रम सप्पन्न भयो।...
काठमाडौ, काव्य घर नेपालले कृति तथा साहित्यिक भित्ते पात्रो बिमोचन एवं स्रष्टा सम्मान कार्यक्रम सप्पन्न गर्यो । काव्यघर नेपाल द्वारा...
नेपालगञ्ज, थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे...