काठमाडौं, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै २०औं पटक अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने भएको छ।
केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको हो। यसका लागि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुन उसले पेसाकर्मी, परिवर्तनकर्मी शक्ति र नागरिकलाई अपिल गरेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सातबुँदे माग राख्दै डा. केसीले २०औं अनशन थालेको आज १३औं दिन पुगेको छ।
कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि तीन दिनदेखि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘उनको स्वास्थ्य अवस्था जटिल रहेकोले सरकार यथाशीघ्र संवेदशील र उत्तरदायी हुन जरुरी छ।’
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...