काठमाडौ, सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म राजा हरिशचन्द्र रिलिज भएको थियो।
फिल्म कस्तो छ, कस्तो हुनुपर्छ ? यस्ता प्रश्न मनमा लिएर राजा हरिशचन्द्र हेर्न मानिसको ठूलो भीड जम्मा भएको थियो।
राजा हरिशचन्द्र भारतीय सिनेमाको पहिलो फिल्म थियो, जुन आजकै दिन १०९ वर्षअघि रिलिज भएको थियो। त्यतिबेला न फिल्मको जमाना थियो न त उन्नत फिल्म प्रविधि।
भारतको सिनेमा र फिल्म टेक्नोलोजीसँग टाढासम्म पनि कुनै सम्बन्ध थिएन। राजा हरिशचन्द्रको सुटिङ कसरी भयो ?
फिल्म राजा हरिशचन्द्रलाई दादासाहेब फाल्केले निर्देशन गरेका हुन्। उनले यो फिल्मको कथा लेखे र यसमा लगानी पनि गरे।
राजा हरिशचन्द्रको सम्पादन पनि दादासाहेब फाल्केले नै गरेका थिए। दादासाहेब फाल्केले यही फिल्मबाट भारतीय सिनेमाको जग बसालेका थिए। त्यसैले उनलाई फादर अफ इन्डियन सिनेमा भन्ने गरिन्छ।
काठमाडौँ । हिट, फ्लप, नयाँ, पुराना सबै कलाकार यति बेला चुनावी मैदानमा छन् । कलाकारहरूको साझा संस्था नेपाल चलचित्र कलाकार...
काठमाडौ, छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा भएको छ । विश्व भरिका कथाहरुको उत्सब नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सब निफले...
काठमाडौं, हाँस्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ। उनका पिता लोकगायक राजेन्द्र लम्सालको निधन भएको हो। लामो...