२०७९ चैत्र १९
April 2, 2023, Sunday

प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ।

बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

यसअघि शुक्रबार दिनभरजसो छलफल भएपनि सहमति जुटेको थिएन। बालुवाटारमा बसेको बैठकमा दलहरु पुरानै अडानमा रहेपछि सहमति हुन नसकेको हो।

शुक्रबार बिहान ११ बजे अनि दिउँसो २ बजे दुईपटक अलग अलग छलफलपछि गठबन्धनको बैठक बसेको थियो।

साँझसम्म सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरु उठेका थिए।

सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरुले शनिबार फेरि बैठक बस्ने बोलाएका हुन्।

गठबन्धनका नेताहरुले प्रतिनिधि सभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन्।

प्रदेश सभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरुको छ।

तर, मधेसका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न सकेको छैन। मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच कुरा मिल्न सकेको छैन।

यस्तै, पहाडी क्षेत्रका केही सिटमा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका आ–आफ्नै दाबी छन्।

यस्तै, केही क्षेत्रमा ‘हेविवेट’ उम्मेदवारको व्यवस्थापनलाई लिएर पनि गठबन्धनका दलहरु सकसमा छन्।

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७९ आश्विन ८, शनिबार १२:५६ गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ आश्विन ८, शनिबार १२:५६ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७९ आश्विन ८, शनिबार १२:५६ गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

TOP