काठमाडौं, मोक्षभूमि उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो माधवी ओ माधवीु शुक्रबार विमोचन गरिएको छ।
पुस्तक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरूको वृत्तान्त हो। गैर–आख्यानात्मक भएर पनि आख्यानको स्वाद पाइने लेखक दाहालले बताएका छन्।
माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको इन्द्रेणी चियाउन सकिन्छ, पुस्तक विमोचनमा समारोहमा दाहालले भने।
किताबमा केही प्रकाशित र केही अप्रकाशित सामग्री रहेको उल्लेख गर्दै उनले भने, प्रकाशित सामग्रीलाई पनि मैले मसिनो गरी नयाँ रंगले सजाएको छु र ताजा बनाएको छु।
प्रकाशक किताब पब्लिसर्सका अनुसार विभिन्न समयमा लेखिएका निबन्धमा लेखकले तत्कालीन समय र सन्दर्भ मसिनोसँग केलाएका छन्।
कतै उनी नितान्त निजात्मक अनुभूतिहरूमा पोखिएका छन् जहाँ पारिवारिक दुर्घटनाको फलकबाट तत्कालीन सत्ताको क्रूर तस्बिर देखिन्छ।
कतै उनी राजनीतिका पेचिला प्रश्नहरूमा डुबेका छन् जहाँ वैयक्तिक सहभागिताको फलकबाट नेपाली राजनीतिका दुर्घटनाहरू भेटिन्छन्।
कतै भने उनले आफ्ना कल्पनालाई पखेटा हालिदिएका छन् जहाँ समयका सीमाहरू भत्किएका पाइन्छन्, किताब पब्लिसर्सले जारी गरेको वक्तव्यमा भनिएको छ।
शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन्।
लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै प्रयोगात्मक कविता वाचन गरेका थिए। तीमध्ये एउटा थियो, म देवकोटाको पागल पोएट्री हुँ, मन–मस्तिष्कको हिस्टोरिकल मिष्ट्री हुँ !
कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले माधवी ओ माधवीु माथि टिप्पणी गरेका थिए। व्यक्तिको विचार वा विश्वासको निर्माणमा ऊ बसेको समाजको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक परिस्थितिले कसरी निर्धारण गर्छ भन्ने कुरा केशवका केही रचनाले मिहिन र कलात्मक ढंगले वैचारिकी प्रस्तुत गरेका छन्, रंगकर्मी घिमिरेले टिप्पणी गरे।
किताब पब्लिसर्सका अनुसार फरकफरक स्वादका २३ वटा निबन्धहरूको संकलन माधवी ओ माधवी विगत यात्राको वृत्तान्त मात्र होइन, वर्तमानको सूक्ष्म चित्रण पनि हो।
यसमा सुन्दर भविष्यको सपनाका साथै निर्मम समीक्षाको संग्रह र वस्तुपरक विश्लेषणहरू रहेको विज्ञप्तिमा छ।
पाँचथर, काव्य घर नेपालले उमा ओडारीको झुल्के घाम गजल र चारु संयुक्त सङ्ग्रह लोर्कापर्ण गर्दै स्रष्टा सम्मान कार्यक्रम सप्पन्न भयो।...
काठमाडौ, काव्य घर नेपालले कृति तथा साहित्यिक भित्ते पात्रो बिमोचन एवं स्रष्टा सम्मान कार्यक्रम सप्पन्न गर्यो । काव्यघर नेपाल द्वारा...
नेपालगञ्ज, थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे...