२०८१ बैशाख ६
April 18, 2024, Thursday

सिट बाँडफाँट अन्तिम चरणमा : अध्यक्ष नेपाल

सिट बाँडफाँट अन्तिम चरणमा : अध्यक्ष नेपाल

रौतहट, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।

शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्वप्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा संचारकर्मीसित कुराकानीमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् ।

‘रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने ।

प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको सम्वन्धमा पूर्व प्रधानमन्त्री नेपालले शिलान्यास गर्नुपूर्व टाँगियावस्तीलाई अन्यत्र व्यवस्थापन गर्ने, विमानस्थल निमार्णका लागि ठाउँ खाली गर्ने र स्रोतको सुनिश्चितता भएपछि मात्रै शिलान्यास गर्ने बताएका छन् ।

‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।

‘शिलान्यास गर्नु गाह्रो कुरा छदै छैन,खाल्टो खन्यो २ वटा इटा राख्यो, त्यो भन्दा पनि निमार्ण गर्ने कुरा मुख्य हो,निमार्णको सुनिश्चितता हुनुपर्यो’ उनले भने ‘नेपाल सरकारसँग पैसाको कुनै कमी छैन् अहिले नै ५० करोड दिन सकिहाल्छ धमाधम काम भयो भने शिलान्यास हुनै पर्छ भन्ने जरुरी छैन् ।’

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७९ आश्विन ८, शनिबार ११:४० गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन ८, शनिबार ११:४० गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ आश्विन ८, शनिबार ११:४० गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP