२०७९ चैत्र १९
April 2, 2023, Sunday

अभियान लघुवित्तको सेयर आइतबारबाट कारोबारमा आउने

अभियान लघुवित्तको सेयर आइतबारबाट कारोबारमा आउने

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

अभियान लघुवित्त र नेपाल स्टक एक्सचेन्ज ९नेप्से०बीच आज असोज ७ गते आईपीओ सूचीकरण सम्झौता भएको छ।

यस्तो सम्झौता भएको दोस्रो दिनबाट कुनै पनि कम्पनी सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको अब आइतबारबाट अभियान लघुवित्तको सेयर कारोबारमा आउनेछ।

नेप्सेमा अभियान लघुवित्तको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर सूचीकृत भएको छ।

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ।

यदि आउँदो आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

अभियान लघुवित्तले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने साउन ३० गते गरिएको थियो।

Related News

चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
  • २०७९ आश्विन ९, आईतवार ०९:३१ गते

काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...

१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार
१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार
  • २०७९ आश्विन ९, आईतवार ०९:३१ गते

काठमाडौ, सेयरबजारमा आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दूमा...

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७९ आश्विन ९, आईतवार ०९:३१ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

TOP