एजेन्सी, नेसन्स लिग फुटबलमा पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४-० गोलले हराएको छ । जीतसँगै पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे ।
अर्को खेलमा स्पेनले स्वीट्जरल्यान्डसँग हार बेहोरेपछि पोर्चुगललाई शीर्ष स्थानमा पुग्न सहज बन्यो । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ ।
जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ ।
अर्को खेलमा एलेक्सान्डर मित्रोभिकको ह्याट्रिक मद्दतमा सर्वियाले स्वीडेनमाथि सानदार पूनरागमन जीत निकालेको छ । सर्वियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जीत निकालेको हो ।
यस्तै,एर्लिङ ब्राउट हालान्डको गोलको बावजुत नर्वेले युइएफए नेसन्स लिगमा स्लोभेनियासँग हार बेहोरेको छ । नर्वेले सुरुवाती अग्रता लिनका बावजुत घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो ।
कैलाली, छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवले जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रीय रङ्गशालाको...
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको...
बारा, सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सीमित हिमालयन शेर्पालाई २–०...