२०७९ चैत्र १९
April 2, 2023, Sunday

महाअभियोग निष्क्रिय भएपछि पनि राणालाई नजरबन्द गर्नु मानव अधिकारको उल्लंघन : नेता कोइराला

महाअभियोग निष्क्रिय भएपछि पनि राणालाई नजरबन्द गर्नु मानव अधिकारको उल्लंघन : नेता कोइराला

विराटनगर । नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका छन् ।

गृहजिल्ला मोरङमा पुगेका कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताए ।

कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन ।

त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।

कोइराला चुनावी अभियानका क्रममा गृहजिल्लामा छन् ।

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७९ आश्विन ९, आईतवार १६:०० गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ आश्विन ९, आईतवार १६:०० गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७९ आश्विन ९, आईतवार १६:०० गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

TOP