२०७९ चैत्र १०
March 24, 2023, Friday

रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी

रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी

एजेन्सी, रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो। रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको मूल्य उचित नभए विश्व बजारमा तेल आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ।

भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले जी–७ देशले प्रस्ताव गरेको तेलको मूल्यको सीमा उचित नभएको खण्डमा रुसले स्वीकार नगर्ने र विश्व बजारमा तेलको आपूर्ति बन्द गर्न सक्ने बताए।

यससँगै रुसले मूल्य सीमा तोक्न अमेरिकालाई सहयोग गर्ने देशलाई तेल दिन बन्द गर्ने चेतावनी पनि दिएको छ।

युक्रेनमा भएको आक्रमणपछि अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। जसका कारण रुसले युरोपेली देशहरुलाई तेल र ग्यासको आपूर्ति घटाएको छ।

रुसमाथि थप कडा प्रतिबन्ध लगाउनका लागि जी–७ का सदस्य राष्ट्रहरुले पेट्रोलियम पदार्थको अधिकतम मूल्यको सीमा निर्धारण गर्ने बताएका छन्।

रुसले इन्धन निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा प्राप्त गर्नेछ। यसलाई बन्द गर्न तेलको मूल्य निर्धारण गर्ने विषयमा छलफल भइरहेको छ।

मूल्यको सीमा तोकेपछि विश्व बजारमा तेलको ठूलो अभाव हुने र मूल्य तीव्र गतिमा बढ्न सक्ने देखिन्छ।

अमेरिकाले भारतलाई रुसी पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने समूहको हिस्सा बन्न पनि आग्रह गरेको छ। तर भारतले उक्त प्रस्तावलाई ‘ध्यानपूर्वक अध्ययन’ गरेपछि मात्र निर्णय गर्ने जनाएको छ।

रुसी राजदूत अलिपोभले तेलको मूल्य निर्धारण गर्ने प्रस्तावमा भारतले अहिलेसम्म सतर्कता अपनाएको बताए।

गत महिना अलिपोभले रुसमाथिको पश्चिमी प्रतिबन्धले भारत र रुसको व्यापारमा कुनै असर नपर्ने बताएका थिए। ‘यस वर्षको पहिलो ६ महिनामा दुई देशबीचको व्यापार ११।१ अर्ब डलर रहेको छ’, अलीपोभले भने, ‘सन् २०२१ मा दुई देशबीचको व्यापार १३ अर्ब डलर रहेको थियो।’

ब्लुमबर्गको रिपोर्टअनुसार जुनमा रुसले साउदी अरेबियालाई उछिन्दै भारतलाई तेलको दोस्रो ठूलो आपूर्तिकर्ता बन्यो।

युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपेली देशहरुले रुसमाथि लगाएको प्रतिबन्धबीच भारत र चीनले सबैभन्दा बढी रुसी कच्चा तेल किनेका छन्।

भारतले आफ्नो तेलको आवश्यकता पूरा गर्न आफ्नो हिस्साको ८५ प्रतिशत आयात गर्छ। रुसबाट सस्तोमा तेल ल्याएपछि भारतले आर्थिक मोर्चामा केही राहत पाएको छ।

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७९ आश्विन ९, आईतवार १६:१२ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन ९, आईतवार १६:१२ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
  • २०७९ आश्विन ९, आईतवार १६:१२ गते

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा...

TOP