काठमाडौं । सेयर बजार परिसूचक नेप्से २२ महिना यताकै न्यून बिन्दूमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३३ अंकमा बन्द भएको छ ।
९ मंसिर २०७७ मा १८१०.१५ अंकमा रहेको नेप्से १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।
आइतबार नेप्सेको बन्द भएको बिन्दू (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो ।
९ असार २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से ३ महिनापछि त्यसभन्दा तल झर्दै २२ महिना यताकै नयूनतम बिन्दूमा पुगेको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये लगानी उपसूचक सर्वाधिक २.८२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै २.५७ प्रतिशत र हाइड्रोपावर उपसूचक २.५४ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर १ अर्ब नाघेको छ । गत बिहिबार ६५ करोडमा सीमित कारोबार रकम आइतबार बढेको हो ।
आइतबार नेप्सेमा १ अर्ब ७ करोड २४ लाख ८० हजारको कारोबार भएको छ । बैंकको कुल १३ लाख ८९ हजार ८६९ कित्ता सेयर किनबेच हुँदा १३ लाख ७५ हजार ५८५ कित्ता सेयर ब्रोकर नंम्बर ४९ ९अनलाइन सेक्युरिटिज० मार्फत खरिद भएको छ ।
जसमध्ये पनि १३ लाख ७५ हजार कित्तासोही ब्रोकरबाट बिक्री भएको छ । १३ वटा कारोबार १ लाख कित्ताको दरले र एउटा कारोबार ७५ हजार कित्ताको हुँदा अन्य भने सानो कारोबार छ ।
यस्तै आइतबार नबिल बैंकको ४ करोड २९ लाख ७८ हजारको कारोबार भएको छ । आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य गिरावट हुँदा १२ कम्पनीको मात्रै बढेको छ ।
नेप्सेमा सूचिकृत भएर आइतबारबाट कारोबार सुरु भएको अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
त्यस्तै नबिल इक्विटी फण्डको इकाइमूल्य २.९४ प्रतिशत र लक्ष्मी बैंकको सेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।
यता तेह्रथुम पावरको सेयर मूल्य ७.९० प्रतिशतले गिरावट हुँदा कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ७ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...
काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...