२०८० चैत्र १६
March 29, 2024, Friday

धनकुटाका माओवादी नेताहरुले दिए सामूहिक राजीनामा, पूर्व सभाषद् भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियान चलाउने

धनकुटाका माओवादी नेताहरुले दिए सामूहिक राजीनामा, पूर्व सभाषद् भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियान चलाउने

काठमाडौं– नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा दिनेमा धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतासहित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी रहेका छन्। शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो।

सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राईद्वारा हस्ताक्षरित सामूहिक राजीनामा पत्रमा भनिएको छ।

आइतबार पत्रकार सम्मेनलको आयोजना गरेर सामूहिक राजीनामाबारे उनीहरुले जानकारी दिएका छन्। कांग्रेसलाई प्रतिनिधिसभाको सिट दिने गठबन्धनमा सहमित भएको सूचना पाएपछि जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ आश्विन ९, आईतवार १५:५० गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ आश्विन ९, आईतवार १५:५० गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ आश्विन ९, आईतवार १५:५० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP