काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।
सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
सभामुख सापकोटाले भने, ‘‘राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र पार्टी भित्र युवाहरुले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ ।
स्थानीय तहका सरकारहरुले पनि युवा मैत्री नीति बनाएर जानुपर्छ । केन्द्र सरकारले सबैभन्दा बढी युवा नीति बनाउन जरुरी छ । नेपालका पर्वतीय क्षेत्रहरु राष्ट्रिय उद्योग हो ।
यस्ता पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ । सरकारको ध्यान अब पर्वतीय क्षेत्रको विकासमा हुनु पर्छ ।’’
सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताउनुहुँदै सभामुखले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे ।
सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको औंल्याए । उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए ।
सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वास्र्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे ।
उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए ।
उनले भने , ‘‘विकासको काममा युवाहरुको सहभागीता बढाउनुपर्छ । युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटनलगायत अन्य विकास अगाडि बढ्न नसक्दैन ।
अहिले युवाभन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ । स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरुको क्षमता बाहिर ल्याएका छन् । त्यो ठिक छ । तर, अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन ।
राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताउँदै उनले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए ।
उनले भने ‘‘नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ ।
खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाका लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थका लागि लागेको देखिन्छ ।
काम गरेर देखाउन एक्कसनमा जानुपर्छ । एक दुई तीन गरी काम गर्ने योजनाका रुपमा जानुपर्छ ।’’
सभामुख सापकोटाले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...