एजेन्सी, अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन्।
यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ। संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो। बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए।
जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ। पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ।
प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरुमा जनाइएको छ।
एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...
एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...
एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...