२०७९ चैत्र १०
March 24, 2023, Friday

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, १४ लाख बढीको हात खाली हुने

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, १४ लाख बढीको हात खाली हुने

काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।

सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३८३ आवेदकबाट कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.२९ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट यो आईपीओमा १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

Related News

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ आश्विन १०, सोमबार ११:५४ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार
  • २०७९ आश्विन १०, सोमबार ११:५४ गते

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा...

यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
  • २०७९ आश्विन १०, सोमबार ११:५४ गते

काठमाडौँ, विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात...

TOP