२०८० मंसिर २१
December 7, 2023, Thursday

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई

काठमाडौ, सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छन् । राष्ट्रिय नाचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको १८ औँ संस्करणको ताज जितेकी हुन् ।

प्रतियोगितामा सुस्मिता अधिकारी फर्स्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन् ।

हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् ।

त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।

मिस टिनले क्राउनसहित नगद ३० हजार , फस्र्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरुले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।

प्रतियोगिताले किशोरीहरूको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गरेको उनको भनाई छ ।

Related News

रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट
रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट
  • २०७९ आश्विन १०, सोमबार १३:२५ गते

लोकप्रिय गायक, संगीतकार तथा अभिनेता स्व. रबिन तामाङको सम्झनामा उनको सांगीतिक ब्यान्ड रबिन एन्ड द न्यू रिभोल्युसनले राजधानीमा सांगीतिक प्रस्तुति...

संगीत सिर्जनामा लागेका द्रोण पराजुलीले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरे
संगीत सिर्जनामा लागेका द्रोण पराजुलीले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरे
  • २०७९ आश्विन १०, सोमबार १३:२५ गते

आधा दशक देखि विकासबादी संगीतको आयामलाई लिएर गीत संगीत सिर्जनामा लागेका द्रोण पराजुली ले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली...

दशैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
दशैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
  • २०७९ आश्विन १०, सोमबार १३:२५ गते

 दशैँ र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको...

TOP