२०८१ बैशाख ७
April 19, 2024, Friday

कांँग्रेसमा भएको आन्तरिक कलहले सत्ता गठबन्धन संकटमा, इतर समूहले दियो एमालेसँग मिल्ने चेतावनी

कांँग्रेसमा भएको आन्तरिक कलहले सत्ता गठबन्धन संकटमा, इतर समूहले दियो एमालेसँग मिल्ने चेतावनी

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांँग्रेसमा विवाद चर्कदै गएको छ । यसले सत्ता गठबन्धनमै असर पर्ने देखिएको छ ।

मंसिर चार गते हुने निर्वाचनका लागि कांँग्रेसले बुझाएको बन्दसूची सार्वजनिक भएपछि लफडा झन चर्कने संकेत देखिएको छ ।

सभापति शेरबहादुर देउवाले इतर समूहलाई बेवास्ता गरेर अघि बढेपछि कांग्रेसमा विवाद चर्केको हो । आफूहरुलाई हेपेको भन्दै यो समूहले छुट्टै भेला नै गरिरहेको छ ।

सोमबारभित्र पार्टी एकताका लागि सभापतिले सक्रियता नदेखाए अकल्पनीय कदम चाल्ने इतर समूहका नेताले चेतावनी दिएका छन् ।

कांग्रेसमा स्थान नपाए एमालेसँग तालमेल गर्नसमेत पछि नपर्ने यो समूहको चेतावनी छ । इतर समूहका एकजना नेता जगदिश्वर नरसिंह केसीले पार्टी जोगाउन सभापतिले नै पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले शनिबार पनि आफ्ना माग राख्दै खबरदारी गरेका छौँ, सोमबार सम्म पार्टी एकताका लागि पहल भएन भने हामी विकल्पबारे निर्णय गछौँ । अप्ठ्यारो स्थितिको सामना गर्न सभापति तयार हुनुपर्ने छ ।’

एमालेसँगको एकताबारे केसीले भने, ‘उहाँहरूले माओवादीसँग तालमेल गर्नु भएको छ, के कार्यकर्ताले माओवादीसँग तालमेल गर् भनेका छन् रु हामीलाई पनि पार्टीमा पेल्दै जानुभएको छ, यस्तै हो भने एमालेसँग मात्र होइन सहज हुने जो कोहीसँग पनि तालमेल गर्न सक्छौँ ।’

उनले अनसन धर्ना देखि निर्वाचन बहिस्कार सम्मका योजना बनेको सुनाए । इतर समूहको चेतावनीले कांँग्रेसमा मात्र होइन सत्ता गठबन्धनमै तरंग उत्पन्न भएको छ । गठबन्धनका नेताले आन्तरिक विवाद मिलाउन देउवालाई सुझाव पनि दिएका छन् ।

गठबन्धनका दलमा पनि आशंका

कांँग्रेसको आन्तरिक विवादलाई गठबन्धनका अन्य दलले पनि चासो पूर्वक हेरिरहेका छन् । यदि, यो समस्याले ठूलो रूप लिएमा कांग्रेसलाई मात्र नभएर गठबन्धनमै असर पर्नेमा उनीहरु सहमत छन् ।

कांँग्रेसको इतर समुहका नेताको एमालेसँगको हिमचिमले गठबन्धनका दल शसंकित पनि देखिन्छन् ।

माओवादी केन्द्रका नेता चक्रपाणी खनालले कांँग्रेसभित्रको अन्तरविरोधलाई गठबन्धनले सामूहिक रूपमा सुल्झाउनुपर्ने बताउँछन् ।

अहिलेको अवस्थामा गठबन्धन कायम राख्नुपर्ने बाध्यता रहेकाले यस्ता समस्या सबै दल मिलेर हल गर्नुपर्ने उनको भनाइ छ ।

खनाल भन्छन्, ‘कांँग्रेसको आन्तरिक समस्यालाई अरु पार्टीले हस्तक्षेप गर्न त मिल्दैन तर अहिले परिस्थितिले गर्दा विवाद समाधानमा गठबन्धनका दलहरू समेत बाहिर बसेर प्रयास गर्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडा आन्तरिक समस्याका कारण गठबन्धनबाहेकका दलसँग तालमेल गर्न नहुने बताए ।

अन्य दलसँग तालमेल गर्न कानुनले पनि रोकेको उनको दाबी छ । खतिवडा भन्छन्, गठबन्धनमा रहेको कांँग्रेसको एउटा समुह अरू दलसँग मिल्ने कुरा नै हुँदैन ।

पार्टीले निर्णय गरेपछि मान्नु पर्छ कि छोडेर जानुपर्‍यो ।’उनले सभापति देउवा पार्टीभित्रको समस्या समाधान गर्न सक्षम हुनेमा आफू आशावादी रहेको बताए ।

तर, राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने पार्टीमा विवाद देखिनु सामान्य भएको बताए । उनले नेपाली कांँग्रेसको विगत हेर्दा दुई गुटबीच मनमुटाव देखिए पनि अन्ततस् मिलेर जाने गरेको बताए ।

पुरीले भने, कांग्रेसभित्र दुई गुटबीच हुने विवाद एउटा परम्परा हो, हिजोका दिनमा पनि यस्ता विवाद हुन्थे तर अन्तिममा मिलेको देखिन्थ्यो अहिलेको विवाद पनि टिकटको बार्गेनिङ जस्तो लाग्छ । तर यो उसको आन्तरिक मामिला हो ।’

उनले अहिलेको अवस्थामा नाफा(घाटा भन्दा पनि गठबन्धनको निरन्तरताबारे सोंच्नुपर्ने बताए ।

गठबन्धन दलबीच सिटबाँडफाँटका बिषयमा छलफल भइरहेका बेला कांँग्रेस कोइराला समूहले विद्रोहको चेतावनी दिएपछि अवस्था असहज बनेको छ ।

समानुपातिक सूचीमा आफूहरुमाथि अन्याय गरिएको र प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा समेत एकलौटी हुन सक्ने भन्दै कोइराला समूहका नेताले आन्दोलन र निर्वाचन बहिष्कारसम्मका योजना बनाइरहेका छन् ।

इतर समूहको यो तयारी संस्थापनमाथिको दबाब मात्रै हो या योजनावद्द भन्ने अझै स्पष्ट छैन । कांग्रेसभित्र विद्रोह र असन्तुष्टि बढेमा गठबन्धनलाई असर पुग्नेमा भने विवाद छैन ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ आश्विन १०, सोमबार ०७:२० गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०७९ आश्विन १०, सोमबार ०७:२० गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ आश्विन १०, सोमबार ०७:२० गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

TOP