२०८१ बैशाख ७
April 19, 2024, Friday

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्।

चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिउँ पहिरो खसेपछि १३ जना सम्पर्कविहीन भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

घाइतेको उद्धारका लागि दुइटा हेलिकप्टर पठाइए पनि मौसम प्रतिकूल हुँदा मनास्लु आधार शिविरतर्फ जान सकेको छैन। तेस्रो र चौथो बेसक्यामको बिचमा पहिरो झरेको बताइएको छ ।

हेलि एभरेस्ट, कैलाश हेलिकप्टर र सिम्रिक एयरका तीन वटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौँबाट पुगेका छन्।

मनास्लुमा केही दिनदेखि हिउँ पहिरो गइरहेको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले हिउँ पहिरोमा परेकालाई उद्धारका लागि हेलिकप्टर सामागाउँ पुगेको तर मौसम प्रतिकूल भएकोले उद्धार गर्न नसकिएको बताए।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ आश्विन १०, सोमबार १८:४७ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ आश्विन १०, सोमबार १८:४७ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन १०, सोमबार १८:४७ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP